दफा ७६
पक्राउको लागि अनुरोध गर्न सक्ने
(१) कमाण्डिङ्ग अधिकृतले कसुरको अभियोग लागेको व्यक्तिलाई पक्राउ गर्नु परेमा अभियुक्त रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अभियुक्तलाई गिरफ्तार गरी सम्बन्धित अधिकृतलाई बुझाई दिनु पर्नेछ ।
(२) सेवा छाडी भागेको भगुवाको फर्मेशन, युनिट, सव युनिटका कमाण्डिङ्ग अधिकृतले त्यस्ता भगुवालाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई भगुवाको विवरण खोली अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरेमा सम्बद्ध अधिकारीले सो भगुवालाई पक्राउ गरी सम्बन्धित अधिकृतलाई बुझाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा छोडी वाअन्य कुनै कसुर गरी भागेको भन्ने प्रहरी अधिकृतलाई विश्वास हुने मनासिब माफिकको कारण भएमा प्रहरी अधिकृतले बिना पुर्जी त्यस्ता व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि चलान गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउनु पर्नेछ ।